गृहपृष्ठ रेशम चौधरीको मुद्दा फिर्ता यस्तो भयो ६ बुँद्दे सम्झौता
रेशम चौधरीको मुद्दा फिर्ता यस्तो भयो ६ बुँद्दे सम्झौता
जन्मकैदको सजाय भोगीरहेका थारुहटका नेता रेशमलाल चौधरी रिहा हुने भएका छन । भर्खरै मात्रै सरकार थरुहट संघर्ष समिति बिच एक सम्झौता गरि उक्त प्रकृया अगाडि बढाउने सहमति गरेको छ ।
सरकारका कानुन मन्त्री लिलानाथ श्रेष्ठ नेतृत्व टोली र थारु कल्याणकारी सभा थारुहट संघर्ष समितिका प्रतिनिधिहरु बिचमा ६ बुद्दे सम्झौता भएको प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईले सार्वजनिक गरेकाछन ।
समहती अनुसार सम्पुर्ण मुद्दा फिर्ता लिने, सहिद घोषणा गर्ने, क्षतिपूर्ति दिने लगायतका सम्झौता भएका छन ।
केहि वर्ष अगाडी मात्र संसदको सपथ लिएका संसद रेशम चौधरीलाइ जिल्ला अदालत कैलालीले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाएको थियो।
न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताएका थिए ।
लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले सोही बेला रिहा हुने बताएका भएता पनि रिहा भएका थिएनन् ।
मधेसी(थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिं’सात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृ’त्यु भएको थियो ।








