गृहपृष्ठ ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाद्वारा शितगंगाको कोभिड नियन्त्रण कोषमा पैशा जम्मा
ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाद्वारा शितगंगाको कोभिड नियन्त्रण कोषमा पैशा जम्मा
शितगंगा नगरपालिकाको अमराईमा रहेको ग्लोवल आईएमई लघुवित्त वित्तिय संस्थाले नगरपालिकाको कोभिड नियन्त्रण तथा रोकथाम केन्द्रका लागि आर्थिक सहयोग गरेको छ ।
वित्तीय संस्थाका शाखा प्रमुख सन्तोष पौडेलले शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी तथा निमित्त कार्यलय प्रमुख अर्जुन प्रसाद नेपाललाई पच्चीस हजार बराबरको चेक हस्तान्तरण गरि सहयोग गर्नुभएको हो ।

कोभिडले आक्रन्त बनेको बेलामा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाले कोभिड नियन्त्रणमा नगरले चालेको कदममा केही सहयोग पुराउने उदेश्यले आफुले सहयोग गरेको संस्थाका प्रमुख पौडेलले बताउनु भयो भने,नगर प्रमुख अधिकारीले संस्थालाई धन्यवाद दिनुभयो ।
ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शितगंगा नगरपालिकामा बाह्र सय उन्तीस सदश्य मार्फत कर्जा तर्फ सात करोड पचहत्तर लाख र बचत तर्फ एक करोड पचहत्तर लाख रहेको छ ।
वित्तीय संस्थाले आफ्ना शेयर सदस्यलाई कोभिडबाट बच्नका लागि अनुरोध गर्दै ई सेवा मार्फत बचत तथा कर्जा संकलन र एसएमएसबाट आफ्नो वित्तीय कारोबारको जानकारी लिन सक्ने ब्यवस्था मिलाएको छ भने आफ्ना सदस्य तथा अन्य स्थानीय ब्यक्तिलाई अनलाइन कोभिड खोपको फर्म भरिदिने ब्यवस्था समेत मिलाएको छ ।





