२०८३ भदौ ८ गते सोमवार | August 24, 2026

गृहपृष्ठ उपमेयरमा चुनाव लड्दा ९९ भोट मात्रै ल्याएकी रेणुका बनिन राज्यमन्त्री…

उपमेयरमा चुनाव लड्दा ९९ भोट मात्रै ल्याएकी रेणुका बनिन राज्यमन्त्री…

शुक्रबार मात्रै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी रेणुका गुरूङले २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा ९९ मत मात्रै प्राप्त गरेको खुलेको छ।

उनी काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन्। तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा ९एमाले०की ज्ञानमाया डंगोल निर्वाचित भएकी थिइन्। उनले आठ हजार ९८ मत पाएकी थिइन्।

सुनसरीको रामधुनी नगरपालिका–६ की गुरूङ गुरूङ राजनीतिमा लागेको पनि ४ वर्षमात्रै भएको छ।

तर उनैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार