२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ आज शनिबार कुन उमेरका कति संक्रमित थपिए ?

आज शनिबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड(१९ का ५ हजार ४२ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १२५ जना र ११ देखि २० वर्षका ३४५ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका ७७७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक ८४३ जना रहेका छन् । ४१ देखि ५० वर्षका ५७५, ५१ देखि ६० वर्षका ४१७ जना, ६१ देखि ७० का २४५ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका १४६ जना, ८० देखि माथिका ६२ जना र उमेर नखुलेका ५ जना रहेका छन् । अहिले देशभर १ हजार ४५१ जना आईसीयूमा र ३८४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

आज थप यति धेरै जना संक्रमणमुक्त, ६८ जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या ५ लाख ९८ हजार २ सय ४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७१ जनाको पिसिआर ५ हजार ३४३ जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएको थियो ।

आज देशभर ८ हजार २४३ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४ लाख ८४ हजार ३७३ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ७ हजार ७९९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार