गृहपृष्ठ चोरी भएको बाइक फेला पारी पकडी प्रहरीले सवारी धनिलाई बुझायो
चोरी भएको बाइक फेला पारी पकडी प्रहरीले सवारी धनिलाई बुझायो
कपिलवस्तु । यहि जेठ १२ गते राति कपिलवस्तुको सुद्धोधन गा. पा वडा नं. ३ को असुरैनाबाट बिहेको निम्तो खान आएका बेला घरको नजिकै पार्किङ गरि राखेको लु ३० प ४२२० नं. को मोटरसाइकल राति २ बजेबाट हराएपछि अर्कोदिन बिहानै आनन्द कुमार गुप्ताले ईलाका प्रहरी कार्यालय पकडीमा निवेदन दिए।
बिहेको निम्तो मान्न आएको मान्छेको मोटरसाइकल चोरी भएको खवरसँगै पकडीको इलाका र अन्डरका सबै युनिट सतर्क भए । २०७३ सालमा अढाइ लाख नगद तिरेर किनेको मोटरसाइकल हराएपछि आनन्द निकै चिन्तित थिए।
इलाका प्रहरी कार्यालय प्रमुख कृष्ण खत्रीले जसरी भएपनि मोटरसाइकल फेला पार्न निर्देशन दिएपछि पनि खोजतलास गर्दा कहिँ कतैबाट मोटरसाइकल र चोरीमा संलग्नको सुँइको समेत पाइएन । केही दिनका लागि इलाका प्रमुखका रुपमा पठाईएका इन्स्पेक्टर जगन्नाथ मरासिनी पकडी आएपछि चोरी लगायतका घटना घट्न नदिनका लागि अहोरात्र खट्दा चोरी भएको मोटरसाइकल फेला पार्न सफल भएको हो ।
चोरी भएको मोटरसाइकल प्रहरीले खोजि गरेपछि चोरले पनि लिएर हिँड्न सक्ने स्थिति भएन पछि चोरले बाटोमा त के घरमा समेत राख्ने स्थिती नभएपछि अगाडी पछाडीका नम्बर प्लेट भाँचेर मुडफुटवाको आँपको बगैँचामा झाडिले ढाकेर लुकाई राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
यसपटक मोटरसाइकल मात्र फेला पार्यौँ, अर्कोपटक पक्कै चोर पनि पक्राउ गर्नेछौँ एक प्रहरी अधिकृतले भने; मोटरसाइकल फेला परेपछि चोरी भएको मोटरसाइकल सवारी धनि रुपन्देही मग्लाहका आनन्द कुमार गुप्तालाई फिर्ता बुझाईएको छ।
खुसीले गदगद हुँदै आनन्दले भने यो पुण्य कामको लागि पकडी प्रहरी कार्यालयलाई धेरै धेरै धन्यवाद, पसिनाको कमाई मलाई फिर्ता गर्नुएकोमा म आभारी छु। कोरोना महामारीको समयमा पनि यसरी काम गरिरहेको कपिलवस्तु प्रहरीलाई धन्यवाद दिए । चोरी भएको मोटरसाइकल कार्यालयका ड्यिटिमा रहेका प्रहरी जवानले धनिलाई चावि बुझाएका छन्।












