२०८३ भदौ ८ गते सोमवार | August 24, 2026

गृहपृष्ठ युरोकप आयोजना हुने ११ रंगशाला

युरोकप आयोजना हुने ११ रंगशाला

शिशिर भण्डारी

एजेन्सी । सन् १९६० मा फ्रान्सको आयोजनामा भएको पहिलो संस्करणको युरोकपमा युगोस्लाभियालाई २–१ ले पराजित गर्दै सोभियत युनियनले उपाधि जितेको थियो ।
युरोपियन राष्ट्रले खेल्ने युरोकपमा हालसम्म १५ औं संस्करण पूरा भइसकेको छ ।यस वर्षको प्रतियोगिता जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदैछ ।

सन् २०२० मा नै हुनु पर्ने यस प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो ।

युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो ।

यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्दैच ।

इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल लण्डनमा हुनेछ ।

यस संस्करणको युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ ।

यस्ता छन्, युरोकप आयोजना हुने ११ रंगशालाहरु  स्

१. लन्डन (वेम्ब्ली स्टेडियम)

यस रंगशालामा समूह चरणका ३ खेल, नकआउट चरणका र सेमीफाईनल तथा फाईनलका खेलहरु हुनेछन । यो रंगशालाको कुल दर्शक क्षमता ९० हजार रहेको छ ।

२.म्युनिख (एलिनाज एरिना)

बायर्न म्युनिखको घरेलु मैदान रहेको यस रंगशालाको कुल दर्शक क्षमता ६७ हजार ८ सय १२ रहेको छ । यस रंगशालामा पहिलो चरणका तीन जर्मन राष्ट्रिय टोलीको खेल र क्वाटरफाइनलका खेल हुनेछ । यस रंगशालालाई विश्वकै एक उच्च श्रेणीको रंगशाला र बायर्न म्युनिखको शान मानिन्छ ।

३. रोम (ओलम्पिक स्टेडियम)

यो रंगशालाको कुल दर्शक क्षमता ७२ हजार ७ सय रहेको छ । सन् १९८७ को विश्व एथलेटिक्स प्रतियोगिता र १९९० को विश्वकप यही आयोजना भएको थियो । सन् १९८० को युरोकपमा जर्मनलाई र १९९० को विश्वकपताका ईटालीलाई यो रंगशालालाई निकै फलदायी मानिएको थियो । रोमको यस रंगशालामा नकआउट चरणका तीन खेलहरु र क्वाटरफाइनलको खेल हुनेछ ।

४. बाकु ( बाकुओलम्पिक स्टेडियम)

अजरबैजानमा अवस्थित यस रंगशालालाई सन् २०१५ को मार्चबाट खोलिएको थियो । यो रंगशालाको कुल दर्शक क्षमता ६९ हजार ८ सय, ७० रहेको छ । चेल्सीले आर्सनललाई पराजित गर्दै २०१९ को युरोपा लिगको उपाधि यही मैदानमा जितेको थियो । युरो २०२०  मा यस रंगशालामा समूह चरणका तीन खेलहरु र क्वाटरफाइनलको खेल हुनेछ ।

५. सेन्ट पिटर्सवर्ग  ( सेन्ट पिटर्सवर्ग )

यस रंगशालाको कुल दर्शक क्षमता ६९ हजार रहेको छ । यसको मर्मत खर्च मात्र ९३० मिलियन युरो रहेको थियो । यस रंगशालामा समूह चरणका तीन खेलहरु र क्वाटरफाइनलको खेल हुनेछ ।

६. कोपेन हेगन  (पारकेन)

यो यूरो २०२० आयोजना हुने सबैभन्दा सानो रंगशाला हो । यसको कुल दर्शक क्षमता ३८ जहार रहेको छ । यो ड्यानिस जाय्न्ट्स फुटबल क्लब, कोपेन हेगनको घरेलु मैदान हो । यो पल्ट यस रंगशालामा नकाआउट चरणका तीन खेलहरु र क्वाटर फाइनलको खेल हुनेछ ।

७. आम्स्टरडाम (जोहन क्रुफ एरिना)

यो युरो २०२० आयोजना हुने सबैभन्दा आकर्षक छानो सहितको रंगशाला हो । यसको कुल दर्शक क्षमता ५२ हजार, ९ सय, ६० रहेको छ । २१ वर्षपछि युरो २०२० को तीन समुह चरणका खेलहरु र राउण्ड अफ १६ को खेल यहाँ हुँदै छ ।

८. बुचारेस्ट (नेसनल स्टेडियम)

सन् २००८ यता बनाइएको नयाँ आधुनिक रोमानियन नेसनल स्टेडियम, सन् १९५३ ताका बनाइएको पुरानो नेसनल स्टेडियमसंगै छ । यसको कुल दर्शक क्षमता ५५ हजार, ६ सय रहेको छ । युरो २०२० को तीन प्रिलिमिनरी चरणका खेलहरु र राउण्ड अफ १६ को खेल यहाँ हुँदैछ ।

९. सेभिया (ओलम्पिक स्टेडियम)

यस रंगशाला युरो २०२० प्रतियोगिताकै मध्यको एक प्रमुख रंगशाला हो । यसको कुल दर्शक क्षमता ५७ हजार ६ सय १९ रहेको छ । कोरोना जोखिम कमका कारण पनि युईएफएले यो रंगशाला छनोट गरेको हुन सक्छ ।

१०. बुडापेस्ट (पुस्कास स्टेडियम)

यस रंगशालाको नामाकरण एक उत्कृष्ट हंगेरियन फुटबल खेलाडीको नाम बाट छ । यही रंगशालामा प्रायः जस्तो हंगेरियन राष्ट्रिय फुटबल टोलीहरु अभ्यास गर्ने गर्छन । यस रंगशाला च्याम्पियन्स लिगको बैकल्पिक रंगशालामा पर्छ । युरो २०२० को तीन समूह चरणका खेलहरु र एक राउण्ड अफ १६ को खेल यहाँ हुँदैछ ।

११. ग्लासगो (हाम्पडेनपार्क)

लगभग ५२ हजार ५ सय कुल दर्शक क्षमता रहेको यस रंगशाला रियो दि जेनेरियोपछिको ठुलो रंगशाला हो । हाम्पडेनपार्क पार्क स्कटिस फुटबल टिमको घरेलु मैदान जस्तै हो । युरो २०२० को तीन समूह चरणका खेलहरु र एक राउण्ड अफ १६ को खेल यहाँ हुँदैछ ।

@souce-khelpati

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार