२०८३ भदौ ८ गते सोमवार | August 24, 2026

गृहपृष्ठ मेडिकल माफियाको जालो तोड्दै एसपी र सिडिओ

मेडिकल माफियाको जालो तोड्दै एसपी र सिडिओ

कोरोना महामारीलाई अवसर ठानेर पैसाको खेति गर्ने मेडिकल गिरोह कपिलवस्तुका एस पि नवराज अधिकारी र सिडिओ चक्रपाणी पाण्डेको फन्दामा परेका छन । कपिलवस्तुको पुर्वि भेग पकडी र लवनि बजारमा च्याउ पसल झैँ जथाभावी खोलिएका मेडिकल र हस्पिटलमा छापा मरेको हो ।

सोमबार दिउँसो ४ बजेतिर एस पि र सिडिओ पकडि चोकमा उत्रिएपछि वरिपरिका मान्छेलाई लाग्यो कि सिडिओ र एसपि  थपिएको लकडाउन कस्तो भैरहेको छ होला भनि हेर्न आएहोलान भन्ने लाग्यो । एकछिनमा पकडी बजारमा रहेको होराइजन मेडिकल हलमा छापा हानियो । होराइजन मेडिकलमा फार्मासिस्टले बेच्ने गरेको पाइयो तर न कुनै बिल बिजक, न साइनबोर्ड जारी गरेको पाइयो। अनि सिडिओले आउँदो शुक्रबारसम्ममा बोर्ड र आफ्नो सक्कली मेडिकल प्रमाणपत्र लेमिनेशन गरि सबैले देख्ने ठाउँमा राख्न र बिल अनिवार्य जारी गर्न लगाए ।

अनि छेउकै मेडिकल हलमा एस पि र सिडिओ छिरेपछि सबैभन्दा पहिला औषधि बिक्रिका बिल मागे, दर्ता नभएकाको बिल पनि हुने कुरै भएन । अनि मागे औषधि व्यवस्था विभागको प्रमाणपत्र, त्यो पनि थिएन । न बिक्री गर्ने मान्छेको कुनै कानुनी परिचयपत्र । यसरी जनताको जीवनसँग खेलवाड गरिरहँदा एसपी नवराज अधिकारी झोक्किए र सिडिओलाई भने सर यो त ठप्पै बन्द गरिनुपर्छ। त्यसपछि पसलेलाई पसलबाट बाहिर निकाली पकडीका इन्सपेक्टर जगन्नाथ मरासिनीलाई सटर बन्द गर्न आदेश दिए र उनले पनि प्रहरी जवानको मद्दतमा सटर तानिदिए।

त्यसपछि एसपि र सिडिओको टोली लाग्यो पकडी बजारको चर्चित औषधि पसल या भनौ नेशनल हस्पिटलमा । नेशनल हस्पिटलमा जाने बित्तिकै त्यहाँ रहेका औषधी विक्रेता हस्याङफस्याङ गर्दै एसपि र सिडिओलाई नमस्कार गर्दै आइपुगे । त्यसपछि उनिसँग हस्पिटल सञ्चालन गर्न आवश्यक प्रमाणपत्र मागियो। हुन त फार्मेसी संचालनको अनुमति लिएकासँग हस्पिटल संञ्चालनको कागजात हुने कुरै भएन। त्यसपछि एसपिले बेड सहितको क्याविन देखेपछि खै तपाँइको बेड सञ्चालनको कागजात देखाउनुस् भन्दा कागजात त प्रोसेसमै छ भनेर जवाफ फर्काए।

भित्र चार शैयाको क्याविन थियो बिना अनुमतिको न डाक्टर न हेल्थ असिस्टेन्ट। खासमा नजिर अहमद मुसलमानलाई औषधि विक्रि वितरणको अनुमति दिईएकोमा उनले पनि अर्कैलाई जिम्मा लगाएर हिँडेका रहेछन्। त्यसपछि भित्रको क्याविनमा ताला लगाउन एसपिले इन्सपेक्टरलाई अहर्याए र अनुमति नलिँदासम्म साँचो पकडी इन्चार्जकहाँ रहने जानाकारी दिँदै निस्किए।

लगत्तै सेफा सामुदायिक हस्पिटलू मा पनि एसपि र सिडिओ हानिए । त्यहाँ पनि उहीँ चाल थियो। एच ए गरेकालाई डाक्टर साबको पदवी झुणड्याएर डाक्टर रुममा राखिएको थियो। खासमा यसले फार्मेसीको मात्र अनुमति लिएको रहेछ तर २ तले घर हस्पिटल बनाई चलाईरहेको पाइयो ।बेडसहित ४ कोठा त पुरै हस्पिटल जसरी नै चलाइएको रहेछ सिडीओ पाण्डेले भने। खासमा यो फार्मेसीमा उपचार गर्दा मुस्लिमालाई ५०५ छुट दिइन्छ र यसकै लागि भनेर मुस्लिम राष्ट्रले डोनेसन पनि दिन्छ तर यता दुर्घटनाका घाइतेबाट असुलि गर्ने गरेको पाइएको थियो। लगत्तै बेडसहितका सम्पूर्ण कोठामा ताला लगाउन इन्सपेटर मरासिनीलाई एस पि र सिडिओले भनेपछि सबै कोठाको चावि  लगाईयो हाल सम्पूर्ण चावी पकडी इलाकामा रहेको छ ।

त्यपछि उनी निस्किए लवनी बजारको अलशेख हस्पिटलमा। अलशेखमा सामान्यभन्दा बढि पैसा असुल्दै आएको सूचना पाएका एसपि र सिडिओले त्यहाँ विरामीका आफन्त र बिलहरु समेत मागेर हेरे। त्यहाँ असिस्टेन्ट एच ए ले डाक्टर नहुँदा सम्हालिरहेको पत्तो पाए। खासमा अस्पतालसँग कुनै पनि किसिमको औषधि विक्री गर्ने अधिकार नै रैनछ। तर खुलेआम औषधि विक्रि गरिरहेको हुनाले उनले तुरुन्तै फार्मेसी बन्द गराउन आदेश दिए ।

त्यसपछि उनिहरु लवनि बजारका करिब ५-७ वटा मेडिकल पसल हिड्दैँ चहारे । तर पकडी बजार र लवनीको अलशेखमा एसपि र सिडिओको छापा परेको खवर पाएपछि सबैले आ-आफ्ना पसल बन्द गरेर माफियाको भागाभाग नै चल्यो ।

स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलवाड गर्ने र नागरिकको जीवनसँग खेलवाड गर्ने जो सुकैलाई पनि नछाडिने एसपि अधिकारीले बताए। सिडिओ पाण्डेले आगामी दिनमा फेरी पकडी बजारका मेडिकल सहित अन्य पसलहरुमा आफ्नो छापा परिरहने हुनाले समयमै सचेत हुन चेतावनि समेत दिए ।  त्यस्तै पकडी इलाका प्रहरी प्रमुखले पनि आफु त्यहा कार्यरत हुदाँ अहोरात्र खटेर जनताको सेवामा लाग्ने  इन्स्पेक्टर जगन्नाथ मरासिनीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार