गृहपृष्ठ नेपालमा आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३ हजार ७४९ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १०१ जना र ११ देखि २० वर्षका २६५ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ६४२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक ६४८ जना रहेका छन् । ४१ देखि ५० वर्षका ४४०, ५१ देखि ६० वर्षका ३७५ जना, ६१ देखि ७० का २४४ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका १०९ जना, ८० देखि माथिका ३५ जना र उमेर नखुलेका १५ जना रहेका छन् । अहिले देशभर १ हजार २६१ जना आईसीयूमा र ३८२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस
पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना पुष्टि, ५९ जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।












