गृहपृष्ठ १ करोड ७५ लाख पुरस्कारको खेलमा ७ वटा नेपाली टिम प्रतिस्पर्दा गर्दै, पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ शुरू
१ करोड ७५ लाख पुरस्कारको खेलमा ७ वटा नेपाली टिम प्रतिस्पर्दा गर्दै, पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ शुरू
बिहीबारदेखि पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ शुरू भएको छ । आउँदो आइतबारसम्म सञ्चालन हुने पीएमपीएल साउथ एशिया च्याम्पियनशिप २०२१ मा नेपालसहित विभिन्न देशका १६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
यस प्रतिस्पर्धाको पुरस्कारको राशि १ करोड ७५ लाख बढी नेपाली रूपैयाँ रहेको छ । यो पुरस्कारको राशि मोबाइल इ-स्पोर्टसको इतिहासमै उच्च हो ।
यस प्रतियोगिताका १६ प्रतिस्पर्धी टिम मध्ये ७ वटा टिम नेपालका छन् । जसमा डिआरएस गेमिङ, सेभेन सी इस्पोर्ट्स, डेडआइज गाइज, ट्रेन्ड टु किल, हाई भोल्टेज, पीएन क्रु र स्काई लाइट गेमिङ रहेका छन् ।
त्यस्तै यो प्रतिस्पर्धामा बंगलादेश, पाकिस्तान, मंगोलिया, ताइवान, हङकङका लगायतका टिमले पनि प्रतिस्पर्धा गर्नेछन् ।





