२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ काेपा अमेरीकाका लागि अर्जेन्टिनी टिमकाे घाेषणा

काेपा अमेरीकाका लागि अर्जेन्टिनी टिमकाे घाेषणा

ब्राजिलमा हुने कोपा अमेरीकाका लागि अर्जेन्टिनी टिमको घोषणा गरिएको छ । २८ खेलाडीको सूचमिा डिफेन्डर हुवान फोयथ र लुकास ओकाम्पोसलाई राखिएको छैन ।

अघिल्लो सातामात्र कोलम्बियाविरुद्धको विश्वकप छनौट खेलमा उनकै गोलका कारण अर्जेन्टिनाले खेल बराबरी गर्दापनि कोपा अमेरीकामा भने फोयथ टिममा परेका छैनन् । भिल्ला रियलका डिफेन्डर फोयथले युरोपा लिगको उपाधि पनि जितेका थिए ।

अर्जेन्टिनी टिममा क्रिस्टियन रोमेरा र नहुइल मालिना पहिलो पटक टिममा परेका छन । टिममा सर्जियो रामोस, लियोनल मेस्सी र एंगल डी मारियालाई फ्रन्ट लाइनमा राखिएको छ ।

अर्जेन्टिनी टिमा चार जना गोलकिपर, नौ जना डिफेन्डर, नौ जना मिडफिल्डर र पाँच जना स्ट्राइकर राखिएको छ ।

अर्जेन्टिनाले समुह ए मा चिली विरुद्धके खेलमा सोमबार पहिलो खेल खेल्नेछ । सो समुहमा उरुग्वे, बोलिभिया र पाराग्वे रहेका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार