२०८३ मंसिर ६ गते शनिवार | November 21, 2026

गृहपृष्ठ हेर्नुहोस नेपालमा आज कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?

हेर्नुहोस नेपालमा आज कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट ६७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म ८ हजार ३ सय ५ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका ३७ जना र १० देखि १९ वर्षका ३८ जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका २३७ जना रहेका छन् । ३० देखि ३९ वर्षका नागरिक ६९० जना छन् । ४० देखि ४९ वर्षका १ हजार २१५ र ५० देखि ५९ वर्षका १ हजार ६३९ जना रहेका छन् ।

कोभिड-१९ को संक्रमणबाट हालसम्म ज्यान गुमाउनेहरु ६० वर्षभन्दा माथिका रहेका छन् । हालसम्म ६० वर्ष भन्दा माथिका ४ हजार ४ सय ४९ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल देशभर ५९४ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै अहिले देशभर १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

आज नेपालमा कोरोना संक्रमणबाट ६७ जनाले ज्यान गुमाउदा, थपिए यति कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ५ हजार २ सय २५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ५ लाख २० हजार ८ सय १६ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६७ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ८ हजार ३०५ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार