२०८३ मंसिर ६ गते शनिवार | November 21, 2026

गृहपृष्ठ नेपालमा आज शुक्रबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा आज शुक्रबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३ हजार ७५० जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ८१ जना र ११ देखि २० वर्षका २११ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ६२५ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ५९५ जना रहेका छन् । ४१ देखि ५० वर्षका ४३६, ५१ देखि ६० वर्षका ३८० जना, ६१ देखि ७० का २२८ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका १०६ जना, ८० देखि माथिका ४६ जना र उमेर नखुलेका १ जना रहेका छन् । अहिले देशभर १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

आज नेपालमा कोरोना संक्रमणबाट ६७ जनाले ज्यान गुमाउदा, थपिए यति कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ५ हजार २ सय २५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ५ लाख २० हजार ८ सय १६ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६७ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ८ हजार ३०५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार