२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ डीआरएसले जित्यो २१ लाख पुरस्कार

डीआरएसले जित्यो २१ लाख पुरस्कार

 

काठमाडौं । नेपालको  पब्जी र ई गेमिङ टिम द रियल सोल्जर्स (डीआरएस) ले पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) मा तेस्रो स्थान हासिल गरेको छ ।

पीएमपीएलमा तेस्रो भएसँगै डीआरएसले १८ हजार अमेरिकी डलर अर्थात करिब २१ लाख पुरस्कार समेत हात पार्न सफल भएको छ।

कोरोना महामारीका कारण यस वर्षको साउथ एसिया च्याम्पियनशिप पब्जी मोबाइल प्रो लिग भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो ।

प्रतिस्पर्धामा डीआरएसले ८८ किलसहित कुल २ सय २३ अंक हात पारेको थियो ।

लिगमा प्रथम स्थान हासिल गरेको मंगोलियन स्क्वाड अस्त्र एकेडेमीले ट्रफीसँगै ४०,००० अमेरिकी डलर अर्थात ४६ लाख ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको ज्युजले २८ हजार अमेरिकी डलर अर्थात ३२ लाख ६५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

टिममा हाल युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एमआरबोरो) रहेका छन् । टोलीको व्यवस्थापकको भूमिकामा सङ्गीन भट्टराई रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार