२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ ‘एमाले फुटाउन प्रचण्ड देउवाले कोटेश्वरमा युरिया हाले’

‘एमाले फुटाउन प्रचण्ड देउवाले कोटेश्वरमा युरिया हाले’

हरेक राजनीतिक घटनाक्रममा सामाजिक संजालमा टिप्पणी गर्ने एमाले नेता गोकुल बास्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाललाई भेट्न उनको निवास गएको विषयमा रमाइलो टिप्पणी गरेका छन् ।

देउवा र प्रचण्डले एमाले ध्वस्त गर्न कोटेश्वरको डिलमा युरिया हालेको भन्दै पोटास र फस्पोरस थियो की थिएन भन्ने प्रश्न उठाएका हुन् । उनीहरुको युरियाले सप्रिने वा थप पहेलिने आफूले हेर्ने पनि उनले बताएका छन् ।

‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन।तर पोटास र फस्फोरस थियो कि थिएन? अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नु छ ?’ बास्काेटाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार