२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपाल रक्तदाता संघ सैनामैनाको अध्यक्षमा शंकर ज्ञवाली

नेपाल रक्तदाता संघ सैनामैनाको अध्यक्षमा शंकर ज्ञवाली

असार ४ , सैनामैना ।

महामारीको बेला रगतको अभाव हुन नदिन नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले रगत संकलनलाई तिव्रता दिए संगै संगठन विस्तारलाई पनि तिव्रता दिएको छ । नेपाल रक्तदाता संघ रुपन्देहीले सैनामैनामा शाखा विस्तार गरेको छ ।

शुक्रबारभएको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको एक भेलाले शंकर ज्ञवालीको अध्यक्षमा ११ सदस्यीय सैनामैना नगर कार्यसमिति विस्तार गरेको संघका जिल्ला उपाध्यक्ष लेखनाथ भण्डारी जानकारी दिनुभयो ।

नवगठित सैनामैना नगरसमितिको उपाध्यक्षमा दामोदर खत्री,सचिबमा पवन पोख्रेल,कोषाध्यक्षमा दिपक गैरे,सह–सचिबमा जितु बोहोरा,सह–कोषाध्यक्षमा राजन भट्टराई र सदस्यहरुमा कृष्ण गौतम,केशवराज कंडेल,भोजराज भण्डारी,सुमित सापकोटा र मिलन पौडेल रहनुभएको छ ।

सैनामैना ४,मुर्गिया स्थित सुनगाभा पब्लिक माध्यमिक विद्यालयको सभाहलमा भएको भेला नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दया सिलवालको अध्यक्षता,नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महामन्त्री लाल प्रसाद पंगेनी,सुनगाभा पब्लिक स्कुलका प्राचार्य तिलब के.सी,समाजसेवी रिम बहादुर श्रेष्ठ,हरि पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम संघका महेश खनालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने नव अध्यक्ष शंकर ज्ञवालीले समितिले उत्कृष्ट कार्यका लागि प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार