गृहपृष्ठ किन भेटे दीपक मनाङेले पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराईलाई ?
किन भेटे दीपक मनाङेले पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराईलाई ?
गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।
शनिबार खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेट गरेका मनाङेले आइतबार भट्टराईसँग भेट गरेका हुन् । प्रचण्ड, उनकी छोरी गंगा दाहाल र मनाङेको तस्वीर आइतबार मनाङेका सहयोगीले फेसबुकमा राखेका छन् ।
दुबै नेतासँग गण्डकी प्रदेशको सत्तारुढ गठबन्धनको विषयमा छलफल भएको उनले बताए । त्यस्तै भट्टराईसँगको कुराकानीमा आउँदो चुनाव जनता समाजवादी पार्टीसँग मिलेर लड्ने विषयमा छलफल भएको मनाङेले बताए ।
एमाले नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए । पछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।





