गृहपृष्ठ हेर्नुहोस आज आइतबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस आज आइतबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार ९२० जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५० जना र ११ देखि २० वर्षका ११६ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ३०८ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक २९३ जना रहेका छन् । ४१ देखि ५० वर्षका १९८, ५१ देखि ६० वर्षका १७६ जना, ६१ देखि ७० का १२२ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ५८ जना, ८० देखि माथिका ३१ जना र उमेर नखुलेका १ जना रहेका छन् । अहिले देशभर ७०६ जना आईसीयूमा र २०० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





