गृहपृष्ठ हेर्नुहोस आज बुधबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस आज बुधबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ८९२ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७० जना र ११ देखि २० वर्षका १७२ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ४४७ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ४४४ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३०२, ५१ देखि ६० वर्षका २५१ जना, ६१ देखि ७० का १२७ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ५९ जना, ८० देखि माथिका १५ जना र उमेर नखुलेका २ जना रहेका छन् । अहिले देशभर ६२७ जना आईसीयूमा र १७५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






