गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा यति जनाले ज्यान गुमाउदा,थपिए यति संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा यति जनाले ज्यान गुमाउदा,थपिए यति संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३३ जनामा गरिएको परीक्षणमा २ हजार ३२८ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार ५ हजार ८३७ जनामा आरटी पीसीआर र ४ हजार २९६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ५२७ र एन्टिजेनबाट ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा नेपालमा १९ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै मृतकको संख्या ९ हजार १९८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना संक्रमित कोरोनामुक्त भएका छन् ।






