गृहपृष्ठ नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार ६०३ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका २३ जना र ११ देखि २० वर्षका ७६ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका २४० जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक २९० जना रहेका छन् । ४१ देखि ५० वर्षका १५८, ५१ देखि ६० वर्षका १०६ जना, ६१ देखि ७० का ८५ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ४१ जना, ८० देखि माथिका १२ जना र उमेर नखुलेका ३ जना रहेका छन् । अहिले देशभर ६०८ जना आईसीयूमा र १८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






