गृहपृष्ठ स्रोत नखुलेको ३१ लाख बढी रकमसहित २ जना प्रहरी नियन्त्रणमा
स्रोत नखुलेको ३१ लाख बढी रकमसहित २ जना प्रहरी नियन्त्रणमा
रुपन्देही प्रहरीले स्कुटीमा सवार दुई जनालाई स्रोत खुल्न नसकेको ३१ लाख बढी रुपैयाँसहित पक्राउ गरेको छ।
सिद्धार्थनगर नगरपालिका–१ वाईपासमा इलाका प्रहरी कार्यालय बेलहियबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु २१ प २२१२ नम्बरको स्कुटरमा सवार विनय कलवार र भारतीय नागरिक सुरज गौणलाई ३१ लाख ९० हजारसहित पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
श्रोत नखुलेको रकम र स्कुटीसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको डिएसपी थापाले बताए ।





