२०८३ असोज १६ गते शुक्रवार | October 02, 2026

गृहपृष्ठ नेपालमा थप १,८७५ जनामा कोरोना पुष्टि, २९ जनाले गुमाए ज्यान

नेपालमा थप १,८७५ जनामा कोरोना पुष्टि, २९ जनाले गुमाए ज्यान

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ५०४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ३७४ जना पिअिसार परीक्षण गर्दा १ हजार २१८ र ५ हजार १३० जनाको एन्टीजेन परीक्षण गर्दा ६५७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार २८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २९ जना संक्रमितको ज्यान गएको छ । हालसम्म ९ हजार ३२० जना संक्रमितको ज्यान गइसकेको छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार