२०८३ असोज १६ गते शुक्रवार | October 02, 2026

गृहपृष्ठ आज बिहिबार नेपालमा कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस पुरा विवरण..

आज बिहिबार नेपालमा कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस पुरा विवरण..

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा थप १ हजार २८६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा २८, धनकुटामा ३, ताप्लेजुङमा १, मोरङमा ६५ र सुनसरीमा ११८ जनामा कोरोना भेटिएको छ । यसैगरी प्रदेश २ को धनुषामा ७, बारामा २, महोत्तरीमा १, सप्तरीमा ४ र सिरहामा १ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा २८७, काभ्रेमा २९, चितवनमा ६०, दोलखामा १, धादिङमा ६, नुवाकोटमा २२, भक्तपुरमा ५८, मकवानपुरमा २८, रसुवा ८, रामेछापमा ३, ललितपुरमा ८२, सिन्धुली ५ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १०५, गोरखामा ६, तनहुँमा ४, नवलपरासी पूर्वमा ३९, पर्वतमा २, मनाङमा १, म्याग्दीमा १, लमजुङमा १, बागलुङमा ३ र स्याङजामा २१ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ४, गुल्मीमा १, दाङमा ७, नवलपरासीमा १४, पाल्पामा २३, प्युठानमा १, बर्दियामा १४, बाँकेमा १०, रुकुमपूर्वमा १, रोल्पामा ३ र रुपन्देहीमा ४७ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, कालीकोटमा १, हुम्लामा ४, दैलेखमा ५, मुगुमा १, रुकुम पश्चिममा २, सल्यानमा १ र सुर्खेतमा १७ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा ५, कैलालीमा १२, डडेल्धुरामा ९, बैतडीमा ६ र बझाङमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार