२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ राजश्व छलेर हिँडेका १५ वटा भारतीय नम्बर प्लेटका गाडी रूपन्देही प्रहरीको नियन्त्रणमा

राजश्व छलेर हिँडेका १५ वटा भारतीय नम्बर प्लेटका गाडी रूपन्देही प्रहरीको नियन्त्रणमा

रुपन्देही,असार २५ । राजश्व छली गरी नियम विपरित संचालन भैरहेका १५ वटा भारतीय नम्बर प्लेटका गाडी र चालकहरुलाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएका ती सवारी र चालकलाइ आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा बुझाईएको रूपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

प्रहरी टोलीले राजश्व छली गरेको सूचनाको आधारमा दिउसो ती गाडीहरू बुटवल वडा नं २ जितगढीबाट नियन्त्रणमा लिएको हाे ।

पश्चिमबाट रुपन्देही हुँदै पूर्वतर्फ जादै गरेका फलफूल ढुवानी गर्ने ती गाडीहरूमा बढी तौल थियाे भने  बिल भरपाई ,मध्य पश्चिमाञ्चल यातायात व्यबशायी समिति प्रधान कार्यालय बुटवलको धर्मकाँटाको रसिद, सवारी दर्ता किताब र चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवलमा पठाईएको  थापाले जानकारी दिए ।

नियन्त्रणमा रहेका गाडी नम्बर र चालकहरू नामावली :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार