२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ दक्षिण अफ्रीकामाथि आयरल्याण्डको ऐतिहासिक जित

दक्षिण अफ्रीकामाथि आयरल्याण्डको ऐतिहासिक जित

एजेन्सी । घरेलु टिम आयरल्याण्डले दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।

डुब्लिनमा मंगलबार राति भएको खेलमा आयरल्याण्डले दक्षिण अफ्रीकालाई ४३ रनले पराजित गरेको हो ।

यससँगै आयरल्याण्डले पहिलो पटक एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।

आयरल्याण्डले दिएको २ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीका ४८ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४७ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका लागि जानिमन मालनले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । रस्सी भान डेर डुसेनले ४९ रन जोड्दा डेभिड मिलरले २४ रन बनाए ।

दक्षिण अफ्रीकालाई सस्तैमा समेट्न मार्क  एडिर, जोस लिटल, एन्डी म्याकब्रिनेले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।

आयरल्याण्डका कप्तान एन्डी बलब्रिनेले १ सय २ रनको शतकीय इनिङ्स खेले । ह्यारी टेक्टरले ७९ रनको अर्धशतकीय इनिङ्स खेल्दा डर्क्रेलले ४५ रन बनाए ।

एन्डी म्याकब्रिने ३० रनमा आउट भए ।  दक्षिण अफ्रीकाका एडिलेले २ विकेट लिए ।

यस जितसँगै तीन खेलको सिरिजमा आयरल्याण्डले १-० को अग्रता बनाएको छ ।

दुई टिमबीचको तेस्रो तथा अन्तिम एकदिवसीय शुक्रबार हुनेछ ।

वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार