गृहपृष्ठ गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन
गुल्मी : गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले पुष्टि गर्नुभयो ।
अध्यक्ष थापा विमारी भएर १० दिनअघि अस्पताल भर्ना हुनु भको थियो । थापा ब्लड क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
अध्यक्ष थापाका चार छोराहरु रहेका छन् ।





