२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ नेपालमा आज बिहिबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्लाअनुसार विवरण

नेपालमा आज बिहिबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्लाअनुसार विवरण

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७० जना पुगेको छ । गत २४ घण्टामा मात्र २ हजार ६७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर २६ हजार ६३९ जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ को भोजपुरमा ७, धनकुटामा १४, इलाममा ६, झापामा ५७, खोटाङमा ११, मोरङमा १०५, ओखलढुंगामा २, पाँचथरमा २, संखुवासभामा २, सोलुखुम्बुमा १, सुनसरीमा ८७, ताप्लेजुङमा १, तेहथुममा २ र उदयपुरमा ५ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को बारामा ६, पर्सामा ३, रौतहटमा २, सप्तरीमा ४, सिरहामा ४ सर्लाहीमा ४ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र ३३९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै सिन्धुपाल्चोकमा ४८, काभ्रेपलाञ्चोकमा ४१, ललितपुरमा १३४, भक्तपुरमा ८०, नुवाकोटमा ३७, रसुवामा १, धादिङमा १५, सिन्धुलीमा ६, रामेछापमा ७, दोलखामा ३६, मकवानपुरमा ३५ र चितवनमा १५५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको बागलुङमा २२, गोरखामा ४१, कास्कीमा १५५, लमजुङमा ९, मुस्ताङमा १, म्याग्दीमा ६, पर्वतमा ४, स्याङजामा ३८, तनहुँमा ११ र नवलपरासी पूर्वमा ५८ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, बाँकेमा १७, बर्दियामा २२, दाङमा १४, गुल्मीमा ७, कपिलवस्तुमा १, पाल्पामा ४, प्युठानमा ४, रोल्पामा ३, रुपन्देहीमा ३५, रुकुम पूर्वमा १ र नवलपरासी पश्चिममा ५ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा १०, कालिकोटमा २, मुगुमा १, सल्यानमा ४, सुर्खेतमा १० र रुकुम पश्चिममा २ जनामा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा ६, बैतडीमा २, डडेलधुरामा १, दार्चुलामा ३, कैलालीमा १९ र कंचनपुरमा ४ जनामा कोरोना भेटिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार