२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ ऋषभ पन्तलाई कोरोना संक्रमण

ऋषभ पन्तलाई कोरोना संक्रमण

एजेन्सी । भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

घरेलु टिमसँगको सिरिजका लागि इंग्ल्यान्डमा रहेका पन्तलाई कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना देखिएपछि पन्त आठ दिनबाट सेल्फ आईसोलेसनमा रहेको बताईएको छ ।

पन्त युरोकपको फाइनल हेर्न वेम्बली रंगशाला पुगेका थिए ।

इंग्ल्यान्डसँगको अभ्यास खेल अघि उनलाई कोरोना देखिएको हो ।

कोरोना देखिएपछि उनले इंग्ल्यान्डसँगको अभ्यास खेल गुमाउने भएका छन् ।

इंग्ल्यान्ड र भारतबीचको अभ्यास खेल जुलाई २० बाट सुरु हुनेछ ।

भारतले इंग्ल्यान्डसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ ।

दुई टिमबीचको पहिलो टेस्ट अगस्ट ४ मा सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार