गृहपृष्ठ टी-ट्वान्टी विश्वकप : भारत र पाकिस्तान एकै समूहमा
टी-ट्वान्टी विश्वकप : भारत र पाकिस्तान एकै समूहमा
एजेन्सी । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको समूह विभाजन गरिएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार विश्वकपको समूह विभाजन गरेको हो ।
आईसीसीले सार्वजनिक गरेको समूह विभाजनमा भारत र पाकिस्तान एकै समूहमा परेका छन् ।

सुपर-१२ मा रहेका भारत र पाकिस्तान समूह ‘२’ मा परेका छन् । यस समूहमा न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डका दुई टिमले यस समुहमा स्थान बनाउने छन् । पहिलो राउण्डको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन् ।
यस्तै समूह ‘१’ इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो राउण्डको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहने छन् ।
युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।





