२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ ब्राउनसुगर सहित ३ जना पक्राउ

ब्राउनसुगर सहित ३ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु नगरपालिका-२ बर्दहवास्थित सडकबाट २९ ग्राम ७ सय ९० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ, १० ट्याव्लेट नाईट्राभेट र १ सय २४ ट्याब्लेट विनस्पास्मो सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ नयाँटोल बस्ने २७ वर्षीय राकेश गुप्ता, उनकै श्रीमती २४ वर्षीया प्रभावती गुप्ता र राकेशको भाइ २२ वर्षीय बैजु कुमार गुप्ता रहेका छन् ।

यूपी ५५ बी ९४३६ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रभावती गुप्ताको साथबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार