२०८३ असोज १६ गते शुक्रवार | October 02, 2026

गृहपृष्ठ ‘ए’ डिभिजन लिग रोक्न चार क्लबको माग

‘ए’ डिभिजन लिग रोक्न चार क्लबको माग

काठमाडौं । आसन्न ‘ए’ डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले ज्ञापन पत्र बुझाएका छन् ।

असोज ३ गतेका लागि तय ‘ए’ डिभिजन लिग रोक्न माग गर्दै चार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएका हुन् ।

कोभिडको भयावह स्थितिका कारण लिग आयोजना गर्न कुनै हालतमा उपयुक्त नदेखिएको भन्दै चार क्लबले संक्रमण दरमा अत्याधिक कमि आएपछि मात्र लिग सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

‘ए’ डिभिजन क्लबहरु जावलाखेल युथ क्लबका अध्यक्ष गहेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दिपक थापा, ब्रिगेट ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुन र थ्री स्टार क्लबका महासचिव सञ्जिव सिल्पकारले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई भेट गरि ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।

गत असार १४ गते एन्फामा भएको ‘ए’ डिभिजन क्लबको बैठकले सहिद स्मारक लिग असोज ३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । आसन्न लिगका लागि अधिकांश क्लबले खेलाडी अनुबन्धको कामलाई अन्तिम चरणमा पुर्याएका छन् ।

तर चार क्लबले निर्धारित मितिमा लिग खेल्न नसकिने भन्दै एन्फालाई ज्ञापन पत्र बुझाएका हुन् ।

एन्फाले साउन १० गतेभित्र टिम दर्ता गर्न ‘ए’ डिभिजन क्लबलाई अनुरोध गरेको थियो ।

एक पक्षिय रुपमा टिम दर्ता सम्बन्धि पत्र पठाईएको भन्दै चार क्लबले बिरोध जनाएका छन् । उनीहरुले ‘ए’ डिभिजनका क्लबको यथाशिघ्र बैठक बोलाउन माग समेत गरेका छन् ।

टिम दर्ताका लागि एन्फाले गरेको आह्वानमा आफ्नो असहमती रहेको चार क्लबको दाबी छ ।

No description available.

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार