२०८३ मंसिर १३ गते शनिवार | November 28, 2026

गृहपृष्ठ लेजेण्ड एल क्लासिको : रियलको जित

लेजेण्ड एल क्लासिको : रियलको जित

एजेन्सी । लेजेण्ड एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ  ।

इजरायलमा मंगलबार राति भएको खेलमा रियलको लेजेण्ड टिमले बार्सिलोनाको टिमलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

L

ब्लुमफिल्ड स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना पराजित भयो ।

खेलको २८ औं मिनेटमा जाभिएर स्याभिओलालई रियलका डिफेण्डर एन्टानियो नुनिजले लडाएपछि बार्सिलोनालाई पेनाल्टी दिइएको थियो ।  ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४२ औं मिनेटमा रियलका मुनिटिसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । अमाभिस्काको प्रहार रिबाउन्ड भएर आएपछि मुनिटिसले जाली चुमाएका थिए ।

त्यसको २ मिनेट नबित्दै ४४ औं मिनेटमा अल्फन्सोले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।

खेलको ६० औं मिनेट जोफ्रे माटिउले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याए  ।

त्यसपछि खेलको ७० औ मिनेटमा डेल ला रेडले गोल गर्दै रियललाई ३-२ को जित दिलाए ।

करिब २५ हजार दर्शकसामु भएको खेलमा बार्सिलोना र रियलका ‘गोल्डेन एरा’ का खेलाडीहरुको उपस्थिति रहेको थियो ।

photo1626803460

बार्सिलोनाको टिममा मरिएनो,मिक्वेल सोलेर,जोन एन्डोनी,ओस्कर अर्पोन,गाइज्का,जेभियर,डेको,रिभाल्डो र रोनाल्डिन्हो लगायतका खेलाडी थिए ।

रियलको टिममा पनि जोर्डी कोडिना,रोबेर्टो कार्लोस,रिभेरा,एन्टोनियो नुनेज,आल्फोन्सो पेरेज,क्याम्पो,लुइस फिगो,फनाएन्डो सन्ज र रुबिन डे ला लगायतका खेलाडी थिए ।

यस अघि २०१७ भएको खेलमा भने बार्सिलोनाले रियललाई ३–२ ले हराएको थियो ।

La Fundación, beneficiaria de las camisetas del partido de Leyendas en Jerusalén

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार