२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ राजीनामा फिर्ता लिन अलमुताइरीलाई एन्फाको आग्रह

राजीनामा फिर्ता लिन अलमुताइरीलाई एन्फाको आग्रह

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राजीनामा फिर्ता लिन आग्रह गरेको छ ।

एन्फा कम्प्लेक्समा प्रशिक्षक अलमुताइरीसँग भेट गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।

अध्यक्ष शेर्पाले साफ च्याम्पियनसिप नजिकै आईसकेको कारण टिमको तयारी प्रभावित हुने भन्दै उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने बताएका थिए ।  अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन् ।

प्रशिक्षक अलमुताइरीले अध्यक्ष शेर्पासँगको भेटमा आफु पछिल्लो समय तनाबमा रहेको समेत बताएका थिए ।

यस्तै अध्यक्ष शेर्पाले प्रशिक्षक अलमुताइरीलाई अहिले आराम गर्न आग्रह गरेका थिए ।

शेर्पासँगको भेटपछि अलमुताइरी होटल फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार