२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ अब्दुल्लाहको औपचारिक रुपमा राजीनामा आएको छैन – एन्फा

अब्दुल्लाहको औपचारिक रुपमा राजीनामा आएको छैन – एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले औपचारिक रुपमा राजीनामा नगरेको जनाएको छ ।

एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा स्टाटस लेखेपनि राजीनामा पत्र नबुझाएको बताए ।

‘उहाँले सामाजिक संजालमा लेख्नु भएको छ । तर, एन्फामा औपचारिक रुपमा राजीनामा आएको छैन,’ प्रवक्ता राईले भने ।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गरेका थिए ।  अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन् ।

सामाजिक संजालमा राजीनामा दिने घोषणा गरेपछि प्रशिक्षक अलमुताइरी एन्फा पुगेका थिए । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गरेका थिए ।  छलफलमा अध्यक्ष शेर्पाले उनलाई राजीनामा नदिन आग्रह गरेका थिए ।

यस्तै प्रवक्ता राईले प्रशिक्षक अलमुताइरीको आरोपमा छानबिन हुने बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार