२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ टोकियो ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

हिट चरणमा गौरिकाले १:००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।

५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।

यस अघि गौरिकाको नाममा १:००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिकाले सेमिफाइनलमा स्थान बनाउन सकिनन् । उनी हिट चरणबाट बाहिरिए ।

यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन्  ।

१८ वर्षिया ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो ।

यस अघि २०१६ मा गौरिकाले रियो ओलम्पिक खेलेकी थिइन् ।

गौरिकाको प्रतिस्पर्धासँगै पौडीमा नेपालको चुनौती सकिएको छ ।

मंगलबार एलेक्जेन्डर गाडेगार्ड  शाह (एलेक्स) ले प्रतिस्पर्धा गरेका थिए ।

हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार