२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ अष्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

अष्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

एजेन्सी । घरेलु टिम बंगलादेशले पहिलो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।

मंगलबार ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो ।

टी-ट्वान्टी अन्तराष्ट्रियमा अष्ट्रेलियाविरुद्ध बंगलादेशको यो ऐतिहासिक जित हो । यस अघि बंगलादेशले टी-ट्वान्टीमा अष्ट्रेलियालाई हराउँन सकेको थिएन ।

बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र जोड्न सक्यो ।

अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मिचेल स्टार्कले १४ रन जोड्दा कप्तान म्याथ्यु वेडले १३ रन बनाए ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न बंगलादेशका नासुम अहमेदले ४ विकेट लिए । मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

बंगलादेशका लागि शकिब अल हसनले ३६ रन जोड्दा मोहमद नाइमले ३० रन बनाए ।

Mohammad Naim was bowled when he missed a reverse sweep, Bangladesh vs Australia, 1st T20I, Dhaka, August 3, 2021

यस्तै अफिफ होसेनले २३ रन जोडे भने कप्तान महमुद उल्लाहले २० रन बनाए ।

अष्ट्रेलियाका जोस हाजलउडले ३ विकेट लिए । मिचेल स्टार्कले २ विकेट लिए ।

यस जितसँगै बंगलादेशले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार