२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा चालकको मृत्यु

गुल्मी,२१ साउन । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी ३३ वर्षीय दीपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर-६ तल्लो हटियामा लु३त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार