२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपाली मुलकी अस्मिता टोटेनहममा अनुबन्धित

नेपाली मुलकी अस्मिता टोटेनहममा अनुबन्धित

एजेन्सी । नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहममा अनुबन्धित भएकी छिन् ।

टोटेनहमले शुक्रबार अस्मितालाई अनुबन्धित गरिएको जनाएको छ ।

डिफेन्डर अस्मितालाई टोटेनहमले एस्टन भिल्लाबाट अनुबन्ध गरेको हो ।

१९ वर्षीया अस्मिताले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेकी छिन् ।

अस्मिता गत सिजन एस्टन भिल्लाको ‘प्लेयर अफ द सिजन’ घोषित भएकी थिइन् ।

भिल्लाको उत्कृष्ट खेलाडी घोषित हुँदै अस्मिता प्लेयर अफ द सिजन चुनिएकी हुन् ।

अस्मिताले गत सिजनको वुमन्स सुपर लिगमा १८ खेल खेलेकी थिइन् ।

इंग्ल्यान्डको यू-१९ टिमकी सदस्य समेत रहेकी अस्मिताले २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी थिइन् ।

Asmita Ale delighted to commit her future to Villa | AVFC | AVFC

एस्टन भिल्लाको उमेर समूहको टिममा उत्कृष्ट प्रदर्शन गरेपछि अस्मितालाई क्लबले व्यवसायिक सम्झौता गरेको थियो ।

अस्मिताले २०१७/१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, म्यानेजमेन्ट र समर्थकलाई प्रभावित पारेकी थिइन् ।

अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडमीमा आबद्द भएकी थिइन् ।

इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिताका बुवा अमृत आले पूर्व गोरखा सैनिक हुन् ।

तनहु दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन् । आठौं दक्षिण एसियाली खेलकुद (साग) टिमको बन्द प्रशिक्षण अमृत पनि रहेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार