गृहपृष्ठ सामाजिक कार्यमा अग्रसर हुदैं राेट्याकट् क्लब अफ बुटवल डाउन टाउन
सामाजिक कार्यमा अग्रसर हुदैं राेट्याकट् क्लब अफ बुटवल डाउन टाउन
सामाजिक कार्यमा अग्रसर राेट्याकट् क्लब अफ बुटवल डाउन टाउनले सेनिटाईजर, माक्स वितरण गरेको छ। कोभिड १९ को दोस्रो लहर फैलिरहेको बेला कोभिड १९ फ़ैलिनको लागी रोकथाम का विभिन्न कार्यक्रम हरु गरिरहेको क्लबले आज पनि एक कार्यक्रम का बिच बुट्वल उपमाहानगर पालिका वडा नम्बर ११ न्यु दुर्गनगर मा रहेको मायादेबी जनजागृति आधारभुत बिधालय मा अध्ययनरत विद्यार्थी तथा शिक्ष्ँकशिक्षिकाहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी रोटरी कल्ब अफ बुट्वल डाउनटाउनका अध्यक्ष जबिन कछ्पतीले कोरोनाबाट आंतकित भएर होइन कि त्यसबाट सचेत हुदै साबधानी अपनाउन आग्रह गर्नुभयो । उहाले साना बालबालिकाहरुको जिवन रक्षाका लागि रोटरी, रोट्र्यक्ट जस्ता सामाजिक सस्था हरु ले सामाजिक उत्तरदायित्व लाई बहन गर्दै विद्यालयलाई केन्द्रमा राखेर कार्यक्रम गरेको जानकारी गराउनुभयो ।

साथै आगामि दिनमा पनि स्कुलमा अभाब रहेका विभिन्न अत्याबस्यक भौतिक सामाग्री हरु प्रदान गर्न का लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । बिद्यालय का प्राचार्य लोहनी ले अत्त्यन्तै न्यून आय भएका विद्यार्थी हरु ले अध्यन गर्ने र विद्यार्थीहरुका लागि चाहिने कापी कलम किन्न पनि अभिभावकलाई धौ-धौ पर्ने भएको हुँदा विभिन्न जन इस्तर बाट आफुले सहयोग को अपिल गर्दै विद्यार्थीहरु लाई पढ्नबाट बन्चित नगराएको जानकारी गराउदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्नुभएको थियो ।
साथै कलब का अध्यक्ष बेल्बासेले आफू हरु को सहयोग प्रभाबकारी ठाउमा परेको र साच्चै वास्तविक पिछडिएको सस्थामा सहयोग गरेको अनुभूति महसुस भएको बताउनु भएको थियो । सस्थाले गर्ने हरेक कार्यक्रमहरु प्रभाबकारी हुने ठाउँमा गर्ने र वास्तविक पिछडिएका र दिन दुखीहरुलाई प्रत्यक्ष रुपमा सहयोग पुग्ने कार्यक्रमहरु आगामी दिनहरुमा पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो साथै कार्यक्रममा कलबका पुर्ब अध्यक्ष बाबुराम बन्जाडे लगायतले बोल्नुभएको थियो कार्यक्रम रोट्र्य्क्ट कलब अफ बुटवल डाउन टाउन वर्ष २१/२२ का अध्यक्ष रो. राम प्रसाद बेल्बासेको अध्यक्षता कार्यक्रम सम्योजक रो.सन्जिब सुनारको स्वगत तथा सचिव बिकास ट्न्डन को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





