२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ लायन्सद्धारा गौशालामा सहयोग हस्तान्तरण

लायन्सद्धारा गौशालामा सहयोग हस्तान्तरण

बुटवल,२३ साउन । कोरोना भाइरसको महामारीको यस विषम परिस्थितीमा हामी सेवा गर्छौ भन्ने मुल मन्त्रलाई आत्मका साथ शनिबार लायन्स क्लब बुटवल स्टार्स, लायन्स क्लव अफ बुटवल संसारको संयुक्त आयोजनामा भलुही स्थीत कामधेनु गौशाला फर्निचर तथा मेडिकल सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

गौशालाका गुरु केशब अधिकारीले क्लबले गरेको अति नै राम्रो काम गरेकोमा यो माहमारिमा अति आश्यकता रहेकोले लायन्सलाई धन्यबाद दिएका थिए । क्लवहरुले गौशालामा फर्निचर सामाग्री ,३ सय ५० वटा गाईहरुलाई भिटामिन,मेडिकल सामाग्रीहरु सहयोग गरेको हो । कार्यक्रमा प्रमख अथिति लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपाल डिष्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैजुले मानव सेवा मात्र नभई मानबेत्तर प्राणी लाई सेवा गरेको अति प्रसंशा गरे ।

क्लबहरुले आइ स्किन क्याप गर्नुपर्ने र मेडिकल सहयोग लायन्स आँखा अस्पतालले गर्ने बताए । रिजन चेयरमेन नारन थापा, जोनचेयर पर्सन बिनेश बज्राचार्य ,स्टार्स का अध्यक्ष अन्जिल खान, संसार का अध्यक्ष बिकश श्रेष्ठ लगायतले सामाग्री हस्तान्त्रण गरेका थिए । सामाजिक उत्तरदायित्व अभियान अनुसार यो अभियानमा साथ कामधेनु गौशालामा सहयोग गरिएको संयोजक उमेश श्रेष्ठले बताए ।

त्यस्तै कार्यक्रमा संसारका संथापक अध्यक्ष प्रकास भट्टराई ,स्टार्सका प्रथम उपाध्यक्ष बिजय बर्नवाल, तृतिय उपाध्यक्ष बिश्वजित कसौधन लगाएत बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार