२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ वीरगंजमा गोखुल कुर्मि स्मृती प्रतिष्ठान गठन

वीरगंजमा गोखुल कुर्मि स्मृती प्रतिष्ठान गठन

वीरगंज,२४ साउन। वीरगंजमा गोखुल कुर्मि स्मृती प्रतिष्ठान गठन भएको छ । वीरगंज महानगरपलिका वडा नं २४ रामगढवा स्थित श्री राम सिता धर्मशालामा स्थानिय समाजसेवी लगायतको विषेश उपस्थीमा ३५ सदस्य कार्यसमिती गठन भएको हो ।

स्व. गोखुल कुर्मि राजनितीकर्मि भए संगै आफनो पुरा जिवन समाज सेवामा सर्मपितगरेका उनका नाममा प्रतिष्ठान गठानगरी समाजीक, धार्मिक तथा गरिब निमुखा जनताहरुकालागी शिक्षा, स्वास्थ्यको क्षेत्रहरुमा सेवा दिने प्रमुख उदेश्यका साथ यो प्रतिष्ठान गठन गरीएको कार्यक्रमा बोल्दै स्व. गोखुल कुर्मिका छोरा तथा जसपाका नेता सुरेन्द्र कुर्मिले बताएका छन ।

प्रतिष्ठानले राजनितीक्षेत्रमा भईरहेका भ्रष्टचार विरुद्ध अभियान चलाउने लक्ष्यकासाथ प्रतिष्ठानले श्री सिता राम धर्मसालाको पश्चिपटि रहेका खालि जग्गामा गोकुलेवर महादेवको मन्दिरको भदौ ४ गते भुमिपुजन गरि कार्यकोसुरुवात हुने भएको छ ।

प्रतिष्ठानका मुल संरक्षक स्व. गोकुल कुर्मिका परिवार हुने गरी बनाईएका कार्यमितीमा अध्यक्षमा लक्ष्मीकान्त तिवारी, उपाध्यक्षमा जमुना पासवान, सचिवमा सुनेश्वर उपाध्याय, सहसचिवमा पुन्देव यादव, कोषाध्यक्षमा जगर्नाथ कुर्मि लगायतका ३५ सदस्य समिती गठान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार