२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ टोकियो ओलम्पिक सम्पन्न, अमेरिकाद्वारा शीर्ष स्थान कब्जा

टोकियो ओलम्पिक सम्पन्न, अमेरिकाद्वारा शीर्ष स्थान कब्जा

 जापानमा आयोजना भएको विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद सम्पन्न भएको छ ।

राजधानी टोकियोमा आइतबार आयोजित एक भव्य कार्यक्रमकोबीच ‘टोकियो ओलम्पिक’ सकिएको हो ।

कोरोना महामारीको बाबजुत आयोजना भएको टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

अब अर्को संस्करणको ओलम्पिक फ्रान्समा आयोजना हुनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ ।

टोकियो ओलम्पिकमा सर्वाधिक पदक अमेरिकाले जित्यो । ३९ स्वर्ण पदक जितेको अमेरिकाले चीनलाई पछि पार्यो । अमेरिकाले ४२ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक हात पार्यो ।

Image

चीनले ३८ स्वर्ण,३२ रजत र १८ कास्य गरि कुल ८८ पदक जितेको हात पार्यो ।

तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित १४ रजत र १७ कास्य गरि कुल ५८ पदक जित्यो । जापानको यो ओलम्पिक इतिहासमै उत्कृष्ट नतिजा हो ।

त्यस्तै ग्रेट ब्रिटेन २२ स्वर्णसहित कुल ६५ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि २० स्वर्णसहित कुल ७१ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

दक्षिण एसियाली राष्ट्रबाट भारतले १ स्वर्ण पदकसहित कुल ७ पदक जितेको छ ।

Image

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तर, सदाझै टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सिमित रह्यो। सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् ।

तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

Image

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार