२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ इपीएलको मुख्य प्रायोजक बजाज

इपीएलको मुख्य प्रायोजक बजाज

भरेष्ट प्रिमियर लिगको मुख्य प्रायोजकबाफत बजाज पल्सरले एक बर्षको २ करोड ५० लाख रुपैयाँ तिर्ने भएको छ ।

असोज नौ गतेबाट सुरु हुने प्रतियोगिताको मुख्य प्रायोजकका लागि दुई जना दावेदार थिए । जसमा पेप्सी इन्डिया रहेको थियो भने अर्को बजाज थियो ।

तर पेप्सी इन्डियाले बजाजले प्रस्ताव गरेको जति रकम दिन नसक्ने बताएपछि पछि हटेको हो ।

बजाजले एक बर्षका लागि अहिले सम्झौता गरेको छ । जुन सम्झौता अरु दुई बर्ष थप्न सकिने बताइएको छ ।

मुख्य प्रायोजक बनेको बजाजसँग सर्वोपनि त्यसैमा जोडिने भएको छ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताका लागि सबै टिमले विदेशी खेलाडी अनुबन्धको प्रक्रियामा रहेका छन ।

कीर्तिपुर मैदानमा हुने प्रतियोगितामा यसपटक दर्शक राख्ने नराख्ने विषयमा स्थास्थ्य मन्त्रालयको मापदण्डलाई पालना गर्ने आयोजकले बताएका छन ।

 

यो पटक प्रतियोगिताको पुरस्कार राशी अघिल्लो सिजनको भन्दा बढ्ने आयोजकले बताएका छन ।

तर कति पुरस्कार हुने भन्ने आगामी कार्यक्रममा बताउने जोरा स्पोर्टस म्यानेजमेन्टका एमडी आमिर अख्तरले बताए ।

यो पटकको इपीएल खेल्न साहिद अफ्रिदी, अजिज, कार्लोस ब्रेथवेट, सोयब मलिक आउने पक्का भइसकेको छ ।

बजाज र इपिएलबीच भएको २ करोड ५० लाखको साझेदारी नेपाली खेलकुदको सर्वाधिक ठूलो प्रायोजन हो ।

यसअघि नेपाली खेलकुदमा कतार एअरलाइन्सले ए डिभिजन लिग फुटबल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ठूलो सम्झौता गरेको थियो ।

कतारले एक सिजनका लागि १ लाख ५० हजार अमेरिकी डलर (झन्डै १ करोड ७५ लाख रुपैयाँ) प्रायोजन गरेको रकम नै सर्वाधिक थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार