गृहपृष्ठ हेर्नुहोस आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३ हजार २६० जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७३ जना र ११ देखि २० वर्षका १७६ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ५९८ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ५८३ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३८३, ५१ देखि ६० वर्षका ३०४ जना, ६१ देखि ७० का १७९ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ११४ जना, ८० देखि माथिका ५३ जना रहेका छन् । त्यस्तै १० जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ७३७ जना आईसीयूमा र १८३ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





