यससँगै नेपाल कोभ्याक्ससँग लागत-साझेदारी विकल्प उपयोग गर्ने दक्षिण एसियाकै पहिलो बनेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भन्छन्, ‘यो खोपले १२ बर्ष उमेर माथिका नेपालीलाई खोपको विकल्प विस्तार गर्न मद्दत गर्नेछ ।’
नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यो सहयोग समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश भएको बताएका छन् ।
कोरोना महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराएको छ, जसमध्ये ६७.५ मिलियन खोेप खरिद र विस्तारमा खर्च हुनेछ ।





