गृहपृष्ठ कपिलवस्तुमा रेडपाण्डाको छालासहित तीन जना प्रहरी नियन्त्रणमा
कपिलवस्तुमा रेडपाण्डाको छालासहित तीन जना प्रहरी नियन्त्रणमा
कपिलवस्तु । दुर्लभ रेडपाण्डाको छालासहित कपिलबस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको बाडगंगा नगरपालिका–४, सिद्धिपुरबाट रेडपाण्डाको छालासहित तीन जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा झापा विर्तामोडका २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँकै ३२ वर्षीय आशिस जोगी र २६ वर्षीइ शौरब राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
विशेष सूचनाका आधारमा सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको १०४ नम्बर कोठामा खानतलासी गर्दा २ वटा रेड पाण्डाको छाला, पुच्छरसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। विहीवार सूचना पाए लगत्तै प्रहरी होटलमा पुगेको थियो । बेलुका साढे ६ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।






