२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ आज शनिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

आज शनिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ६२४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ६१ जना र ११ देखि २० वर्षका १५८ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ४७७ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ४५१ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३२०, ५१ देखि ६० वर्षका २३० जना, ६१ देखि ७० का १४२ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ८५ जना, ८० देखि माथिका २१ जना रहेका छन् । त्यस्तै २ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ७६० जना आईसीयूमा र १८६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार