२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ क्रिकेटर चिन्तित ,अफगानिस्तान तालिबानको कब्जामा, विश्वकपमा सहभागिता समेत अन्योल,

क्रिकेटर चिन्तित ,अफगानिस्तान तालिबानको कब्जामा, विश्वकपमा सहभागिता समेत अन्योल,

विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि क्रिकेटरहरु चिन्तित बनेका छन् ।

अफगानिस्तान क्रिकेट टिमका कप्तान राशिद खान, मोहमद नाबी लगायतका क्रिकेटरले सामाजिक संजालबाट चिन्ता ब्यक्त गरेका छन् ।

इंग्ल्यान्डका ‘द हन्ड्रेड’ क्रिकेट खेलिरहेका स्पिनर राशिदले ट्वीटरबाट देश अराजकतामा रहेको र देशको जनताले शान्ति चाहेको बताएका छन् ।

‘मेरो देश अराजकतामा छ । हजारौं निर्दोष मानिससहित बालबालिका र महिला दैनिक मारिएका छन् ।  घर र सम्पतिहरु भत्किरहेका छन् । हजारौं परिवार विस्थापित भएका छन्,’ विश्वका नेताहरुलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘हामीलाई अराजकतामा नछोड्नुहोस् । अफगानिस्तान मार्न र अफगानिस्तानलाई नष्ट गर्न बन्द गर्नुहोस् । हामी शान्ति चाहन्छौं ।’

पूर्व कप्तान समेत रहेका अलराउण्डर नाबीले अफगानिस्तानलाई अराजकतामा जान नदिन विश्वका नेताहरुलाई आग्रह गरेका छन् ।

‘एक अफगानको हैसियतमा मेरो प्यारो देश आज कहाँ छ हेर्दैछु । अफगानिस्तान मानवीय संकटमा छ ।  म विश्वका नेताहरुलाई अपील गर्दछु । कृपया अफगानिस्तान अराजकतामा जान नदिनुहोस् ।  हामीलाई तपाइँको समर्थन चाहिन्छ । हामी शान्ति चाहन्छौं,’ नाबीले लेखेका छन् ।

तालिबानले देश कब्जा जमाएपछि आगामी टी-ट्वान्टी विश्वकपमा अफगानिस्तानको सहभागिता समेत अन्योलमा परेको छ ।

विश्वकपमा अफगानिस्तान समूह २ मा रहेको छ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार