गृहपृष्ठ विश्वकप : भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने, खेल तालिका?
विश्वकप : भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने, खेल तालिका?
काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।
कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
सार्वजनिक खेल तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ ।
सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ ।
भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।
अन्तिम पटक दुवै टिम सन् २०१९ को वान डे विश्वकपमा भिडेका थिए । जसमा भारत विजयी बनेको थियो ।
खेल तालिका –








