२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ हेर्नुहोस आजसम्म नेपालमा कोरोना संक्रमणबाट कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?

हेर्नुहोस आजसम्म नेपालमा कोरोना संक्रमणबाट कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म १० हजार ४२९ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका ४५ जना र १० देखि १९ वर्षका ५१ जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका ३२३ जना रहेका छन् । ३० देखि ३९ वर्षका नागरिक ८६० जना छन् । ४० देखि ४९ वर्षका १ हजार ४८५ र ५० देखि ५९ वर्षका २ हजार ५५ जना रहेका छन् । कोभिड-१९ को संक्रमणबाट हालसम्म ज्यान गुमाउनेहरु ६० वर्षभन्दा माथिका रहेका छन् ।

हालसम्म ६० वर्ष भन्दा माथिका ५ हजार ६०३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ज्यान गुमाउने ७ जनाको उमेर खुल्न सकेको छैन । त्यस्तै देशभर ७३९ जना आईसीयूमा र १६८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार